You are viewing the translated version of भन्सार कार्यालय वा गोदाममा रोक्का रहेका मालवस्तुको क्षतिपूर्ति.

Section 69
भन्सार कार्यालय वा गोदाममा रोक्का रहेका मालवस्तुको क्षतिपूर्ति
(१) भन्सार कार्यालय वा गोदाममा रहेका मालवस्तु भन्सार कार्यालय वा गोदामले क्षति नहुने गरी सुरक्षित रुपमा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमका मालवस्तु चोरिएमा, हराएमा वा प्राकृतिक प्रकोप वा दुर्घटनाको कारणले वा मालवस्तु राख्ने वा उठाउने क्रममा स्वाभाविक रुपमा हुन सक्ने टुटफुट बाहेक अन्य कुनै कारणबाट नष्ट भएमा, क्षति भएमा वा क्षति गरिएमा भन्सार कार्यालय वा सो गोदाम सञ्चालन गर्ने निकायबाट सो मालवस्तुको धनीले त्यस्तो मालवस्तुको क्षतिपूर्ति तोकिए बमोजिम भराई लिन पाउनेछ ।

तर, त्यस्तो मालवस्तुमा निजको हक स्थापित नभई निजले क्षतिपूर्तिको दाबी गर्न सक्ने छैन ।